राप्रपाको अध्यक्षमा फेरी कमल थापाको उम्मेदवारी

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज सोमवार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 पार्टीमा रहेर नगरि नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने भएकोेले फेरी उम्मेदवारी दिने उनको भनाई छ ।