भेरीगंगाको प्रमुख उपप्रमुखमा काँग्रेस माओवादी गठबन्धनलाई तोड्दै एमाले विजयी


सुर्खेत । भेरीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई तोड्दै नगरको प्रमुखमा एमालेका यज्ञ प्रसाद ढकाल र उपप्रमुखमा धनसरा बोहोरा विजयी भएका हुन् ।

प्रमुखमा ढकाल २२५ मतान्तरले विजयी हुनु भएका हुन् । उनले दश हजार २२ मत ल्याउँदा उनका प्रतिष्प्रधी काँग्रेसका राम बहादुर सिंहले नौ हजार ७९७ मत ल्याएर पराजित भए ।

यस्तै उपप्रमुखमा बोहोराले नौ हजार ६१४ मत ल्याएर विजयी भएकी हुन भने उनका प्रतिष्प्रधी नेकपा माओवादी केन्द्रका नन्द बहादुर कार्कीले आठ हजार ९१३ मत ल्याएर पराजित भएका हुन् ।

अघिल्लो निर्वाचनमा उक्त नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।