
सुर्खेत । – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमानडाँडा नजिकै शनिवार दिउँसो ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।
कपिलबस्तुबाट सल्यानटारका लागि छुटेको ना ४ ख ८०४१ नम्बरको ट्रक धादिङबेसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा एकजना पुरुषको ज्यान गएको भएपनि परिचय नखुलेको हो ।
घाइतेको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फरकबाटो १५ आश्विन २०७९, शनिबार १४:१४