रोल्पाको सुनछहरीमा कांग्रेस–एमाले–विप्लव नेकपाको गठबन्धलाई हराउँदै माओवादी विजयी

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धन बहादुर पुनमगर ३ हजार ४३९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी गठबन्धनबाट स्वतन्त्र उम्मेदवारी दिएका ९विप्लव नेकपा०का पुस्तमन घर्तीमगरले १ हजार ५२३ मत ल्याए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी ननकला घर्ती ३ हजार ४९२ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका कोम बहादुर बुढाले १ हजार ६११ मत ल्याए।

७ वटा वडा रहेको गाउँपालिकाका ६ वटा वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ४ को वडाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।