मुम्बई र हैदरावाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

पुछारको मुम्बई आज चौंथो जित निकाल्ने योजनामा रहेको छ । मुम्बईले १२ खेलमा ६ अंक जोडेको छ । हैदरावाद छैटौं जित निकाल्न चाहन्छ ।

यस्तै हैदरावाद मुम्बईलाई हराएर प्ले अफको सम्भावना जीवित राख्न चाहन्छ । हैदरावाद १२ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।