नेपाल क्रिकेट संघको बोर्ड बैठक भैरहवामा बस्ने

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यही माघ १३ गते भैरहवामा बस्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भैरहवा बोर्ड बैठक बस्ने तय भएको जानकारी दिए ।

बोर्ड बैठकमा क्यानको साधारण सभाको मिति तोक्ने लगायत विभिन्न विषयमा छलफल हुने भएको छ ।

मल्लका अनुसार क्यानको साधारण सभाको विषय देखि खेलाडीको केही समयअघि खेलाडी र क्यानबीच सेन्ट्रल कन्ट्रयाक्टको विषयमा भएको सहमतिको समेत छलफल हुनेछ ।