महावु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

दैलेख । दैलेखको महावु गाउँपालिकामा नेपाली कांग्रेसका लक्षमण गुरुङ विजयी भएका छन् । गुरुङले दुई हजार ९७९ मत प्राप्त ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत ल्याए । एकीकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार २६८ मत प्राप्त गर्दै तेस्रो भएका छन् । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित थिए ।

उपाध्यक्षमा कांग्रेसकै मञ्जु पाण्डे विजयी भएकी छन् ।