गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत


सुर्खेत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् ।सत्ता साझेदार दल माओवादी केन्द्रले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका हुन ।

कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्था अनुसार ३० दिनमा विश्वासको मत लिनु पर्ने हुन्छ । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारवाट समर्थन फिर्ता लिदै बाहिरिएको थियो ।

मुख्ख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाएका थिए। सोही अनुसार आजको प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन ।गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन्।