रोल्पाको रुन्टीगढी–४ का वडाध्यक्ष पुनको मृत्यु


सुर्खेत । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार मृत्यु भएको छ । हिजो मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो । ३७ वर्षीय पुनको उपचारका क्रममा बुधवार दिउँसोतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

सामान्य बिरामी भएका पुनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका परिवारले जनाएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।