चिङ्गाड गाउँपालिकामा ३ वटा वडाको मतगणना सम्पन्न

सुर्खेत । चिङ्गाड गाउँपालिकामा तीन वडाको मतगणना सम्पन्न भएको छ ।

छ वटा वडा रहेको चिङ्गाड गाउँपालिकामा तीन वडाको मतगणना सम्पन्न हुँदा दुई वटा वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएका छन् ।  वडा नं १ मा नेकपा एमालेका टेक बहादुर रजाली विजयी भएका छन् ।

यस्तै वडा नं २ मा नेपाली काँग्रेसका प्रेम बहादुर खड्का र वडा नं ३ मा काँग्रेसकै बिर बहादुर जिसी विजयी भएका हुन् ।