काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिए ।
महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो ।
अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।
फरकबाटो ४ कार्तिक २०७८, बिहीबार १९:३१