सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बेलुका बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले संसद् बैठक अघि आज फेरि छलफल हुन लागेको हो ।