
सुर्खेत । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
नयाँ सरकारलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुन उनले आग्रह गरेका हुन् । शनिबारबाट काठमाण्डौमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको बताए ।
अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको भन्दै उनले देउवालाई सफल हुन नदिने दृढता समेत व्यक्त गरे ।
ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।

फरकबाटो २३ पुष २०७९, शनिबार १६:४५