कर्णालीमा प्रत्यक्षमा तेस्रो दल बनेको एमाले समानुपातिकमा पहिलो

सुर्खेत । कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचनमा तेस्रो दल बनेको नेकपा एमाले समानुपातिकमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार नौ सय ५० मत प्राप्त गरेको हो ।

त्यस्तै नेपाली कांग्रेसले एक लाख ७० हजार सात सय ५६, नेकपा माआवादी केन्द्रले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले ३५ हजार आठ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६ सय ६ र नेपाल मजदूर किसान पार्टी आठ हजार नौ सय ९३ मत प्राप्त गरेका हुन् ।