निशुल्क स्वास्थ्य शिविरबाट २२९ जना लाभान्वित

सुर्खेत । वीरेन्द्रनगर नगर अस्पतालको आयोजनामा सोमबार निशुल्क स्वासस्थ्य शिविर सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका, जन स्वास्थ्य शाखा, आधारभुत स्वास्थ्य केन्द्र धारापानि वीरेन्द्रनगर १, आँखा अस्पताल सुर्खेत, नेपाल परिवार नियोजन संघ सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

निशुल्क स्वास्थ्य शिविरमा ९२ जनाको आँखाको उपचार, ९२ जनाको पाठेघर सम्बन्धी भिआइए जाँच, ९८ जनाको जनरल ओ पि डि जाँच गरी २१९ जनाको निशल्क उपचार गरिएको थियो ।