रुकुम पश्चिमको बाँफीकोटमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप : ४ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताए ।

दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला नेताले यसअघि सयुंक्त अपिल निकालेर संयमित हुन आग्रह गरेका थिए।