नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा निर्वाचित

सुर्खेत । नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा निर्वाचितभएका छन् । संघको आठौं साधारण सभाबाट वरिष्ठ उपाअध्यक्षमा लालबहादुर सुनार, प्रथम उपाअध्यक्षमा ओमबहादुर बि.क, द्धितिय उपाअध्यक्षमा तिर्थ सुनार, महासचिवमा मोहन सुनार र सचिवमा सञ्जिव बराल निर्वाचित भएका हुन् ।

यस्तै संघको कोषाअध्यक्षमा लोकेन्द्र थापा सुनार, सह–कोषाअध्यक्षमा सुनिल रामदाम,सदस्यहरुमा ओमप्रकाश वि.क, सन्तोष गहतराज, करुणा स्वर्णकार, लक्ष्मी सुनार, सोनी रामदाम, जनकबहादुर सुनार, महेन्द्र सुनार, बलिराम विश्वकर्मा र तुफान सुनार निर्वाचित भएको नवनिर्वाचित सचिव सञ्जिव बरालले जानकारी दिए ।