काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् ।
एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक ९एसपी० सिद्धीविक्रम शाहले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिए । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।


फरकबाटो २७ बैशाख २०७९, मंगलवार ११:०६