एनएसी फुटबल प्रतियोगिता खेल्न भरत खवास र नवयुग श्रेष्ठ अमेरिका प्रस्थान

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका गएका छन् ।

अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न उनीहरु आज बिहान अमेरिका प्रस्थान गरेका हुन् ।

दुवै खेलाडीले आयोजकको लस एन्जलस (एलए) टोलीबाट खेल्नेछन् । अहिले भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठले एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।

त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक सञ्जालमार्फत भरत र नवयुगले अमेरिकाको प्रतियोगिता खेल्नेबारे जानकारी दिएको थियो ।