मलेसियाले कतारलाई ३ विकेटले हरायो


सुर्खेत । एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले कतारलाई हराएको छ । आज मङ्गलवार भएको खेलमा मलेसियाले कतारलाई ३ विकेटले हरायो ।

कतारले दिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । मलेसियाका सइद अजिजले सर्वाधिक ८० रन बनाए । यस्तै कप्तान अहमद फैजले ३३ रन बनाए । कतारका मोहम्मद नदीम र इक्रामुल्लाह खानले २र२ विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन बनायो । इमाल लियानगेले ५६, खुर्रम शहजादले ४१ र इक्रामुल्लाह खानले ३९ रन बनाए । मलेसियाका रिजवाद हैदर र मुहम्मद वकिफले २र२ विकेट लिए ।

यो जितसँगै समूह एु मा रहेको मलेसिया ४ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । कतार ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।