काठमाडौं । पाहुना टोली भारतले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज ४-१ ले जितेको छ । आईतबार राति भएको पाचौं तथा अन्तिम टी-ट्वान्टीमा ८८ रनको जित निकाल्दै भारतले सिरिज ४-१ ले आफ्नो बनाएको
पाहुना टोलीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली १५ ओभर ४ बलमा १०० रनमा अलआउट भयो । उसका लागि सिमरन हिटमायरले ५६ रनको अर्धशतकीय इनिङ खेले । शामरन ब्रुक्सले १३ तथा डेभोन थोमसले १० रन बनाए ।
अन्य ८ ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । वेस्ट इन्डिजलाई कम रनमा रोक्न भारतका रवि बिष्नोईले ४ तथा अक्षर पटेल र कुलदिप यादवले समान ३/३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । उसका श्रेयस ऐयरले ६४ रनको अर्धशतकीय इनिङ खेले । दीपपक होडाले ३८ तथा कप्तान हार्दिक पाण्ड्याले २८ रन बनाए ।
सन्जु सामसनले १५ र दिनेस कार्तिकले १२ रन बनाए । घरेलु टोलीका लागि ओडेन स्मिथले ३ तथा जासन होल्डर, डोमिनिक ड्राक्स र ह्याल्डेन वाल्स जुनियरले समान १/१ विकेट लिए ।

फरकबाटो २३ श्रावण २०७९, सोमबार १०:११