जुम्लाकाे हिमा गाउँँपालिका एक हप्तादेखि टेलिफोनविहीन

जुम्ला ।  सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक हप्तादेखि टेलिफोनविहीन भएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत प्रभाव परेकाे स्थानीय बासिन्दाले बताएका छन् ।

नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिकाकाे कुडुमा रहेको टावरमा क्षति पुगेकाले टेलिफोन सेवा प्रभावित भएकाे हाे ।

नेपाल टेलिकमका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरकाे हर्नमा क्षति पुगेकाे र हर्न काठमाण्डाैबाट ल्याइँदै गरिएकाे जानकारी दिनुभयाे ।

चुनावकाे समयमा टेलिफोनमा समस्या आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलहरुले गुनासाे गरेका छन्। अर्कोतिर बिरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन एम्बुलेन्स तत्काल नपाउने अवस्था आएकाे स्थानीयकाे गुनासाे छ ।