वीरेन्द्रनगर ५ मा परिणाम उल्टाउने दाउमा एमाले

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले ब्यापक घरदैलो कार्यक्रम गरेको छ । आगामी ३० गते हुने निर्वाचनमा जित आप्नो पोल्टामा पार्नको लागि एमालेले ब्यापक घरदैलो कार्यक्रम गरेको हो ।

बिहिबार वीरेन्द्रनगर ५ मा समेत एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा सयौंको संख्यामा नागरिकहरु उपस्थित भएका थिए । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कँडेलको नेतृत्वमा प्रदेश तथा जिल्ला स्तरका नेताहरुको सहभागीतामा घरदैलो कार्यक्रम गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर पदका उम्मेद्धवार मोहनमाया ढकाल, उपमेयर निलकण्ठ खनाल, वीरेन्द्रनगर ५ का वडा अध्यक्षका उम्मेद्धवार लोकबहादुर शाही लगाएतले वडा नं ५ मा परिणाम उल्टाउने ठोकुवा गरे ।

अध्यक्ष पदका शाहीले यसपटक वडा नं ५ मा एमालेले परिणाम उल्टाएर जित आफ्नो पोल्टामा पार्ने बताए ।