प्रतिनिधि सभाको बैठक आज बस्दै


सुर्खेत । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको थियो ।