धरानका मेयर हर्क साम्पाङको चेतावनीमा बालेन शाहले जनाए समर्थन


सुर्खेत । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोसी नदीको पानी धरान ल्याउने परियोजनामा बजेट नपरे धरानमा सांसद्हरूलाई निषेध गर्ने दिएको चेतावनीमा समर्थन जनाएका छन् ।

आज समाजिक सञ्जाल मार्फृत उनले यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ’ लेखेका छन् । उनको त्यस अभिव्यक्तिलाई प्रमुख शाहले ‘पूर्ण समर्थन, गर्ने नै त्यहि हो’ भन्दै संक्षिप्त टिप्पणी गरेका छन् ।

राईले भनेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ । तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहितको । ख्याल नठान्नु होला । यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।’