आचारसंहिता विपरीत गतिविधि गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी

काठमाडौें । निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्नुहुँदै यस्तो चेतावनी दिएको छ ।

आयोगले यसअघि पनि आचारसंहिता प्रतिकूल गतिविधि नगर्न नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराइसकेको छ । दलका नेता तथा उम्मेदवारहरुले आचारसंहिताको पूर्ण परिपालना गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यस्तो नदेखिएको आयोगको भनाइ छ ।

आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आप्mनो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने प्रावधान छ ।

दल वा उम्मेदवारको चुनाव चिन्ह वा दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने आयोगले यसअघि पनि सूचित गराइसकेको जनाएको छ ।