स्थापना दिवसको अवसरमा पत्रकारहरुको निःशुल्क आँखा परीक्षण

सुर्खेत । प्रदेश अस्पताल कालागाउँका ५० जना पत्रकारले निःशुल्क आँखाको परीक्षण गरेका छन् । बुधबार सुर्खेतका ५० जना पत्रकारहरुले निःशुल्क आँखाको परीक्षण गरेका हुन् ।

पत्रकारका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रममा अस्पतालका निर्देशक प्रा।डा। डम्बर खड्काले बैशाख महिनादेखि अस्पतालमा आँखाको पनि परीक्षण शुरू गरिएको जानकारी दिए ।

उनका अनुसारर आजसम्म चार जना विशषज्ञ डाक्टरहरुबाट एकसय भन्दा बढीले आँखाको परीक्षण गरिसेको र अबको केहीँ समयमा आँखाको अप्रेसन तथा चस्माको पसल पनि सञ्चालनमा ल्याउँन लागिएको बताए ।

खड्काले पत्रकारहरुका लागि अस्पतालले विभिन्न सेवाहरुको परीक्षणका केहीँ मात्रामा छुट दिँदै आएको र आज आँखाको पनि निःशुल्क परीक्षण गरिएको बताए । साथै खड्काले पत्रकारहरुसँग अस्पतालले दिँदै आएका सबै सेवा सुविधाका बारेमा आम नागरिकहरुको माझमा पु¥याईदिन समेत अनुरोध गरे ।

यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले अस्पताल र अस्पतालका निर्देशक खड्कलाई महासंघको अनुरोधलाई सहजै स्विकार गरेर आँखाको निःशुल्क परीक्षणका लाति वातावरण मिलाई दिएको भन्दै धन्यवाद समते व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३१ औं स्थापना दिवसको अवसर पारेर बुधबार पहिलो दिन आँखाको निःशुल्क परीक्षण गरिएको सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाले जानकारी दिए ।

सचिव बुढाका अनुसार उहीँ बैशाख १६ गते परेको स्थापनाको अवसरमा पहिलो दिन बैशाख १४ गते आज अस्पतालसँग समन्वय गरेर निःशुल्क आँखाको परीक्षण गरिएको छ भने, बिहीबार रक्तदान र भलिबल र शुक्रबार अन्तरक्रिया लागायतका कार्यक्रम महासंघले तय गरेको छ ।