भुटानी शरणार्थी नेता ‍टेकनाथ रिजाल पक्राउ

सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन। स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग रिजालको आर्थिक लेनदेन देखिन्छ। पछिल्लो समय रिजाल झापामा बस्थे। रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए।