उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन सकिने

सुर्खेत । स्थानीय तह चुनाव लागि उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन पाइने छ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने भएको हो ।

मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।