मंगलबारदेखि मतपत्र ढुवानीको काम सुरु हुने

काठमाडौं । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

आयोगमा आज सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिए । । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उनले जानकारी दिए । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।