समानुपातिकतर्फ कसको मत कति ?

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६ सय ९२ मत प्राप्त गरेर अग्रता लिएको हो ।

दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १ सय ११ मत पाउँदा तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४ सय ५७ मत पाएको छ ।

पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले ११ लाख चार हजार १ सय ६२ मत पाएको छ । राप्रपाले पाँच लाख ७९ हजार २ सय ७८मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

यसैगरी जसपाले चार लाख आठ हजार ९ सय ६४, जनतमत पार्टीले तीन लाख ७६ हजार १ सय ९९, एकीकृत समाजवादीले दुई लाख ९० हजार ९० हजार १ सय ९६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४ सय ३७, लोसपाले ७३ हजार ८ सय ३३ मत पाएका छन् ।