अमेरिकामा राष्ट्रपति बिडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता


सुर्खेत । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बिडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् ।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बिडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको बीबीसीले जनाएको छ ।

न्यायिक समितिका प्रमुख जिम जोर्डनले अनुसन्धानबाट बिडेनले निजी प्रयोजनका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको देखिएको बताएका छन् । यद्यपि यसबारे बलियो प्रमाण भने रिपब्लिकनहरूसँग नभएको खबरमा उल्लेख छ ।