
सुर्खेत । आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा एक्लै– एक्लै भए नेकपा एमाले पहिलो पार्टी हुने एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेलले बताएका छन् । बुधबार पार्टीको प्रदेश कमिटीले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एमालेको लोकप्रियता देखेर भएभरका सबैपार्टी एकैठाउँमा निर्वाचनमा होमिन्छन्’ उनले भने “सबै एक्लै–एक्लै निर्वाचनमा लडे एमाले नै पहिलो पार्टी हो ।” आमामी मंसिरमा हुने प्रदेशसभाको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पक्कापक्की भएको कँडेलले सुनाए ।
एमालेसंग डराएर बिचारै नमिल्ने र सिद्धान्त नमिल्ने पार्टीहरुको गठबन्धन भएको उनले तर्क गरे ।
पार्टी र पार्टीका जनसंगठनहरुले नागरिकको जनजिविकाको विषयमा समेत वकालत गर्ने उनले बताए । ‘हामी जनताको पक्षमा छौ’ उनले थपे “ अब पार्टी र पार्टीका जनसंगठनहरु एक भएर नागरिकको जनजिविका र सरकारमा बस्नेहरुको दायित्व बुझाउन जरुरी छ । त्यो हामी छिट्टै गर्छौँ ।”
यस्तै एमाले प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठक र २०७९ साउन १० गते बसेको सचिवालयको बैठकले गरेका विभिन्न ६ वटा निर्णयहरु सार्वजनिक गरिएको छ ।
पार्टीका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको आतिथ्तामा बसेको बैठकले स्थानीयत तह निर्वाचनको समिक्षा, सचिवालय गठन सम्बन्धमा, भुगोल र विभागको जिम्मेवारी सम्बनधमा, पार्टी सदस्यता अभिलेख तथा नविकरण सन्दर्भ र आगामी कार्ययोजना तथा प्रदेश र संघको निर्वाचनको तयारी सन्र्दभमा निर्णय गरिएको पार्टीका प्रदेश विनोदकुमार शाहले जानकारी दिए ।

फरकबाटो ११ श्रावण २०७९, बुधबार १७:२८