एमालेले सिम्ता गाउँपालिकाको अध्यक्षमा चन्द र उपाध्यक्षमा रेग्मीलाई उम्मेदवार बनायो

सुर्खेत । नेकपा एमालेले सिम्ता गाउँपालिकाको अध्यक्षमा ऐन बहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश टिकट समन्वय समितिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गाउँपालिकाको अध्यक्षमा चन्द र उपाध्यक्षमा रेग्मीलाई उम्मेदवार गराउने निर्णय गरेको हो ।