नौमुलेमा सत्ता गठबन्धनको चुनावी तालमेल भत्कियो

दैलेख । नौमुले गाउँपालिकामा सत्ता गठबन्धनका दुई दलले मात्र चुनावमा तालमेल गर्ने भएका छन् । नेकपा ( माओवादी केन्द्र ) र नेकपा ( एकीकृत समाजवादी) पार्टीले चुनावी तालमेलमा गर्ने भएका हुन् । उनीहरुले भागबण्डामा गर्ने क्रममा बेवास्ता गरेको भन्दै विज्ञप्ती निकाल्दै कांग्रेसँग मित्रवत चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको छन् ।

नेकपा माओवादी केन्द्रका नौमुलेका अध्यक्ष छवि सुवेदी र एकीकृत समाजवादी नौमुलेका अध्यक्ष कृष्ण सलामीको हस्ताक्षरमा निकालिएको विज्ञप्तीमा जनमतको बेवास्ता गरी नेपाली काँग्रेसको विगतको हैकमवाद कायम हुने गरी नीति निर्देशन कायम भएकोले यसमा पूर्ण असहमत रहेको उल्लेख छ ।