कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाण्डौ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएका छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन् ।

नेता महत केही समयअघि भएको कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । महाधिवेशनमा पराजित भए पनि उनलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।