एएफसी एसियन कप छनोट : नेपाली टोलीले आजदेखि प्रशिक्षण सुरु गर्ने

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज शुक्रवारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।

नेपाली टोलीले दशरथ रङ्गशालामा आजदेखि तयारी थाल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाएका छन् ।

एएफसी एसियन कप छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूह ’ए’ को छनोट खेलहरू कुवेतमा हुनेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेलहरू जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

बन्द प्रशिक्षणका लागि किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशीलाई बोलाइएको छ । यस्तै गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, र विशाल राईलाई पनि प्रशिक्षणमा बोलाइएको छ ।