उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

काठमाडौं ।  बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा हुने फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।

आज पुलिस अपराजित रहदै च्याम्पियन बन्ने योजनामा हुनेछ । लिग चरणमा अपराजित पुलिस शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

एपीएफ भने लिग चरणमा पुलिससँग पराजित भएको थियो । तर, एपीएफ दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

एपीएफ आज पुलिससँग हारको बदला लिदै उपाधि चुम्न चाहन्छ ।

त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार पाउने छन् । त्यस्तै तेस्रोले १ लाख २५ हजार र चौंथोले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ   ।