सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल र खड्काको उम्मेद्वारी दर्ता

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका लागि लक्ष्मण कँडेल र हर्ष विक्रम खड्काको उम्मेद्वारी दर्ता भएको छ ।

आगामी वैशाख ४ गते हुने हुने निर्वाचनमा कँडेल र खड्काले छुट्टाछुट्टै प्यानल बनाएर अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।

कँडेलको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमबहादुर पौडेल लगायत सदस्यहरुमा उम्मेद्वारी दिएका छन् ।

त्यस्तै खड्का प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत,वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी, उपमहासचिवमा पूर्णदेव अधिकारी,कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सहकोषाध्यक्षमा सूर्य केसीले उम्मेद्वारी दर्ता गराएका हुन् ।