
सुर्खेत । स्थानीय तहको निर्वाचनमा सुर्खेतमा पाँच दलले तालमेल गर्ने भएका छन् ।
नेपाली कांग्रेस, माओवादी, जनता समाजबादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा (एकिकृत समाजवादी ) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नौ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेका हुन् ।
यस्तै गठबन्धमा दश जनाको संयन्त्र गठन गर्ने पनि निर्णय गरिएको छ । उक्त संयन्त्रमा स्थानीय तहमा स्थानीय तहका पार्टी प्रमुखहरु रहने छन् ।


फरकबाटो २४ चैत्र २०७८, बिहीबार १९:५४