स्थानीय तह निर्वाचन : २३ लहरका ७७ प्रकारका मतपत्र

काठमाडौं । चैत २१ गते । निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिए ।

उनका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने छ ।

उनले भने, ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंका हुनेछन् ।,’