सुनचाँदीको भाउ सामान्य घट्यो


सुर्खेत । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँ र चाँदी एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।