पञ्चायत फालियो, राजतन्त्र फालियो हामीले चाहे राजनितिक कोर्ष नै बदल्न सक्छौँ  : माधव नेपाल


सुर्खेत । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आँफुहरुले चाहे राजनितिक कोर्ष नै बदल्न सक्ने बताएका छन् । आफ्नो पार्टीलाई मिनिमाइज गरेर देश चलाउन सम्भव नभएको बताउँदै उनले पञ्चायत, राजतन्त्र फालेर नयाँ लोकतान्त्रिक व्यवस्थामा आएकोले आँफुहरुलाई कमजोर नठान्न आग्रह गरेका हुन् ।

पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

े प्रधानमन्त्री प्रचण्डले भनेको कुरा स्मरण गर्दै अध्यक्ष नेपालले भने , “अस्ती प्रचण्डजीले भन्नुभएको थियो, तपाईहरुलाई पहिले नै सरकारमा सामेल गरेर लिएको भए सजिलो हुँदो रहेछ ।” उहाँले रियलाइज गर्नुभएको अध्यक्ष नेपालले उल्लेख गरे ।

उनले आफ्नो पार्टीलाई कसैले माइनस गरेर सत्ता, सरकार चलाउन नसक्ने दाबी गरे । आफ्नो पार्टी आँटिलाहरुको पार्टी भएको र माओवादी जनयुद्धमा हात हालेर शान्ति पक्रियामा लिएर आउन सफल समेत भएको सुनाए ।