गठबन्धनलाई अझ एकताबद्ध भएर अघि बढ्छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार दलले आशंका व्यक्त गरिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धन अझ एकताबद्ध भएर जाने बताएका हुन् ।

बिहीबार रिपोर्टस क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताएका हुन् । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताए । गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए ।