निर्विरोधसहित ६ पालिकाको नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तहको निर्वाचनमा निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।

एमाले :

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)