नेपाल पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी

सुर्खेत । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ शाखा सुर्खेतले वीरेन्द्रनगरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । महासंघको ६७ औं स्थापना दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय मंगलगढीचौकबाट निकालिएको प्रभातफेरी पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीको समापनमा बोल्दै शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारिता पेशाको मुल मर्यादामा रहेर पत्रकारिता गर्न सबैलाई सुझाव दिनुका विश्वास व्यक्त गरे ।  उनले पेशागत एकता र सुरक्षाका लागि एकतावद्ध हुन सबै प्रतिवद्ध हुनुपर्ने बताए ।

प्रभातफेरी कार्यक्रममा सुर्खेतस्थित कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।