नेपाल निजामति कर्मचारी संगठन कर्णालीको अध्यक्षमा लामिछाने

सुर्खेत । नेपाल निजामति कर्मचारी संगठन, कर्णाली प्रदेश अध्यक्षमा टंकप्रसाद लामिछाने चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले लामिछानेको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा पूर्णबहादुर थापा, चम्फा वली, गंगाबहादुर आरसी चयन भएका छन् । महासचिवमा राजेश आचार्य, सचिवमा मनोज केसी, राजेन्द्र पोखरेल , सृष्टि शर्मा, र कोषाध्यक्षमा दिनेश दाहाल निर्वाचित भएका हुन ।