सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा

काठमाडौं । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन् । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् । विमलाले ८५ मत ल्याउँदा  कमला पन्थीले ८३ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएकी छन् ।

महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।