कर्णाली १९ वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा

सुर्खेत । कर्णाली प्रदेश धनगढीमा जारी १९ बर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।

समूह ए को अन्तिम खेलमा आज सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेपनि नेटरनरेटको कारण कर्णाली इतिहास कै पहिलो पटक फाइनलमा पुगेको हो ।

कर्णाली यसअघि कुनैपनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन । कर्णाली र सुदूरपश्चिमको समान ४ अंक भएपनि नेट रनरेटको कारण समूह ए बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
समूह बी बाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगि सकेको छ ।

उपाधिको लागि कर्णाली र गण्डकी प्रदेशबीच भोली प्रतिस्पर्धा हुनेछ । कर्णाली ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहदै उपाधि नजिक पुगेको हो ।
सुदूरपश्चिम पनि ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटका कारण दोस्रो स्थानमा रहदै फाइनलमा स्थान पक्का गरेको हो । यसअघि कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र बागमतीलाई ९ विकेटले पराजित गरेको थियो ।
लुम्बिनी प्रदेशसँग भने ५ विकेटले पराजित भएको हो ।