२४ घण्टामा ३५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा दुई सय ६६ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय १९ जनामा झरेको छ ।

यही अवधिमा ८३ हजार दुई सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।